AIMA र immigration processAIMA र immigration process

पोर्चुगल सरकारले आप्रवासन प्रणालीलाई अझ व्यवस्थित, नियन्त्रणमुखी र “मानवतावादी integration” मा आधारित बनाउने नयाँ चरण सुरु गरेको जनाएको छ। हालै बसेको National Council for Migration and Asylum को सातौं बैठकपछि सरकारले pending immigration process हरूलाई क्रमशः समाधान गर्दै अब immigrant integration, राज्य निकायबीच coordination र public response system सुधारमा focus गरिने बताएको हो।

सरकारका अनुसार पछिल्ला वर्षहरूमा AIMA मा ठूलो backlog बनेको थियो। 2024 मा सार्वजनिक गरिएको Migration and Asylum Action Plan अनुसार करिब ४ लाखभन्दा बढी pending process रहेको उल्लेख गरिएको थियो। यही backlog व्यवस्थापन गर्न सरकारले विशेष operation चलाउँदै appointment र regularization process अगाडि बढाएको जनाएको छ।

पोर्चुगल सरकारले migration system लाई “regulated migration” मा आधारित बनाउने नीति लिएको छ। त्यसअनुसार पुरानो “Expression of Interest” प्रणाली हटाइएको थियो, जसबाट कागजविहीन अवस्थामा रहेका धेरै विदेशीहरूले residence permit आवेदन दिने गर्थे। नयाँ नीतिअनुसार अब controlled entry, work visa system र legal pathway लाई प्राथमिकता दिने रणनीति अपनाइएको छ।

त्यसैबीच European Union को नयाँ “Pact on Migration and Asylum” १२ जुन २०२६ देखि लागू हुने तयारीमा छ। यो नयाँ EU migration framework ले border screening, asylum process, migrant registration र member states बीच responsibility sharing लाई अझ कडाइका साथ लागू गर्नेछ। Portugal ले पनि आफ्नो migration policy त्यसैअनुसार align गरिरहेको देखिन्छ।

सरकारले अब illegal immigration नियन्त्रण, pending case समाधान र immigrant integration सँगै अघि बढ्ने नीति लिएको जनाएको छ। Portugal मा बसिरहेका हजारौं immigrant हरूका लागि AIMA process, residence permit र future migration rules सम्बन्धी विषय अहिले पनि मुख्य चासोको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *