लिस्बन, अक्टोबर २९, २०२५ | MB Export Online
नेपाली सिनेमा प्रेमीका लागि खुसीको खबर — बहुप्रतिक्षित चलचित्र “जाारी २” नेपालमा नोभेम्बर ७ (कार्तिक २१) मा रिलिज हुने भएको छ ।
नेपालमा प्रदर्शन भइसकेपछि २ दिनपछि, यो फिल्म पोर्चुगलमा पनि देखाइनेछ ।
पोर्चुगलमा चलचित्रको प्रदर्शन Cinema Ideal (Baixa Chiado), Rua do Loreto 15, Lisboa मा तय गरिएको छ।
कार्यक्रम मिति र समय यसप्रकार छन्:
• ०९ नोभेम्बर (आइतबार) — बिहान ११:३० बजे
• १० नोभेम्बर (सोमबार) — बिहान ११:३० बजे
• ११ नोभेम्बर (मङ्गलबार) — बिहान ११:३० बजे
• १३ नोभेम्बर (बिहीवार) — बिहान ११:३० बजे
निर्देशक उपेन्द्र सुव्बा र निर्माता राम बाबु गुरुङ द्वारा निर्माण गरिएको “जाारी २” ले पहिलो भागको सफल कथा र सांस्कृतिक भावनालाई निरन्तरता दिनेछ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा लगायतका चर्चित कलाकारहरू मुख्य भूमिकामा छन्।
पहिलो भाग “जाारी” ले नेपालमा उल्लेखनीय व्यापार गर्दै नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो।
दोस्रो भागबाट पनि त्यस्तै सफलता दोहोरिने अपेक्षा गरिएको छ।
⸻
लेखक: MB Export Desk
स्रोतहरू: Baasuri Films, KNS Entertainment, Artist Khabar