नक्कली वेबसाइटबारे चेतावनीनक्कली वेबसाइटबारे चेतावनी

पोर्चुगलको आप्रवासनसम्बन्धी सरकारी संस्था Agência para a Integração, Migrações e Asilo (AIMA) ले आफ्नो नाम र लोगो प्रयोग गरेर सञ्चालन गरिएको एक नक्कली वेबसाइटबारे चेतावनी जारी गरेको छ।

AIMA का अनुसार aimapt.com नामको वेबसाइट आधिकारिक नभएको र उक्त साइटको संस्थासँग कुनै सम्बन्ध नरहेको स्पष्ट गरिएको छ। सो वेबसाइटले AIMA को पहिचान र डिजाइन प्रयोग गरेर आफूलाई आधिकारिक प्लेटफर्म जस्तो देखाउने प्रयास गरिरहेको बताइएको छ।

यस प्रकारका वेबसाइटहरूले प्रयोगकर्तालाई भ्रममा पारेर व्यक्तिगत विवरण, पासपोर्ट जानकारी वा बैंक सम्बन्धी विवरण लिन सक्ने जोखिम रहेको AIMA ले जनाएको छ।

संस्थाले सेवाग्राहीहरूलाई AIMA सम्बन्धी सेवा प्रयोग गर्दा केवल आधिकारिक वेबसाइट मात्र प्रयोग गर्न आग्रह गरेको छ। साथै अनौपचारिक वेबसाइटहरूमा व्यक्तिगत जानकारी वा बैंक विवरण नदिन पनि चेतावनी दिइएको छ।

यदि कसैले यस्तो प्रकारको ठगीको शंका गरेमा सम्बन्धित निकायहरूमा जानकारी दिन पनि AIMA ले आग्रह गरेको छ।

पोर्चुगलमा बसोबास गर्ने नेपालीसहित सबै विदेशी नागरिकलाई नक्कली वेबसाइटबाट सावधान रहन र आधिकारिक स्रोतबाट मात्र सेवा लिन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *