पोर्चुगलमा IRS 2025 सुरुपोर्चुगलमा IRS 2025 सुरु

पोर्चुगलमा IRS Portugal अन्तर्गत सन् 2025 को आय विवरण (IRS) भर्ने प्रक्रिया आजदेखि Portal das Finanças मार्फत औपचारिक रूपमा सुरु भएको छ। कर सम्बन्धी सम्पूर्ण प्रणाली सञ्चालन गर्ने Autoridade Tributária e Aduaneira अनुसार यो सेवा आगामी जुन अन्त्यसम्म, करिब तीन महिनासम्म खुला रहनेछ।

हरेक वर्ष जस्तै यस वर्ष पनि पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबीच IRS सम्बन्धी अन्योल देखिने गरेको छ। विशेषगरी नयाँ आउने वा पहिलो पटक IRS भर्नेहरूका लागि प्रक्रिया जटिल लाग्ने भएकाले धेरैले अरूको सहयोग लिनुपर्ने अवस्था आउने गरेको छ। तर विशेषज्ञहरूका अनुसार सकेसम्म आफैं Portal das Finanças मार्फत IRS फाइल गर्नु उत्तम मानिन्छ। नसके नजिकका विश्वासिला साथीभाइ वा जानकार व्यक्तिको सहयोग लिन सकिन्छ।

पछिल्लो समय भने बिचौलिया वा अपरिचित व्यक्तिलाई आफ्नो Finanças account को password दिने प्रवृत्ति बढ्दै गएको पाइएको छ, जसले गम्भीर जोखिम निम्त्याउन सक्छ। कर सम्बन्धी विवरण अत्यन्त संवेदनशील हुने भएकाले password शेयर गर्दा व्यक्तिगत जानकारी दुरुपयोग हुन सक्ने, गलत विवरण हालेर भविष्यमा समस्या ल्याउन सक्ने, वा आर्थिक नोक्सानी समेत हुन सक्ने खतरा रहेको विज्ञहरू बताउँछन्।

यसका साथै गलत तरिकाले IRS फाइल गरिएमा refund (कर फिर्ता) नआउने वा कम आउने, कहिलेकाहीँ जरिवाना समेत तिर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ। समयमै सही विवरणसहित IRS फाइल गर्दा भने कानुनी दायित्व पूरा हुनुका साथै आर्थिक रूपमा फाइदा लिन सकिने देखिन्छ।

यसैले पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीहरूलाई IRS भर्ने अन्तिम मिति कुर्नु भन्दा पहिले नै आफ्नो विवरण जाँच गरी, सुरक्षित तरिकाले र सचेत रहँदै प्रक्रिया पूरा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *