Ronaldo फोटो अब CR7 MuseumRonaldo फोटो अब CR7 Museum

नेपालका Rabin Neupane ले सगरमाथाको चुचुरोमा Cristiano Ronaldo को फोटोसहित खिचेको तस्वीर अहिले पोर्चुगलको Museu CR7 मा राखिएको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथामा खिचिएको उक्त तस्वीर अहिले Cristiano Ronaldo को official museum भित्र display भएपछि नेपाली समुदायमा पनि यसको चर्चा बढेको छ।

सार्वजनिक भएका तस्वीरहरूमा Everest summit मा खिचिएको फोटोसँगै नेपालबाट पठाइएको पत्र तथा अन्य CR7 सम्बन्धित सामग्री समेत museum भित्र showcase मा राखिएको देखिन्छ। उक्त पत्रमा Rabin Neupane ले सगरमाथासम्म Ronaldo को तस्वीर पुर्‍याएको उल्लेख गरिएको छ।

यस प्रक्रियामा Portugal मा बसोबास गर्दै आएकी नेपाली creator Rachana Baral ले महत्वपूर्ण भूमिका खेलेकी बताइएको छ। Social media मा सार्वजनिक भएको भिडियो अनुसार उनी स्वयं museum पुगेकी थिइन् र उक्त तस्वीर museum मा राख्न पहल गरेकी थिइन्। त्यसपछि museum पक्षले तस्वीर तथा सम्बन्धित सामग्री verify गरेपछि अहिले CR7 Museum भित्र display गरिएको जानकारी बाहिर आएको हो।

Cristiano Ronaldo विश्वकै चर्चित फुटबल खेलाडीमध्ये एक हुन् भने Madeira स्थित Museu CR7 उनका official trophies, photographs तथा career सम्बन्धित सामग्री राखिएको विशेष museum हो। त्यही museum मा नेपालसँग जोडिएको तस्वीर राखिएपछि धेरै नेपालीहरूले यसलाई विशेष उपलब्धिका रूपमा हेरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *