पोर्चुगलमा जन्मिएका विदेशी बालबालिकाका लागि AIMA ले अब Residence Permit लिन नयाँ डिजिटल प्रणाली सुरु गरेको छ। अब अभिभावकहरूले AIMA को आधिकारिक online contact platform मार्फत Article 124 अन्तर्गत appointment request गर्न सक्नेछन्।
यो सुविधा विशेषगरी पोर्चुगलमै जन्मिएका ती बालबालिकाका लागि हो, जसका बाबु वा आमा मध्ये कम्तीमा एकजनासँग वैध Portuguese residence permit छ। आवेदन गर्दा “Residence Permit” category छान्नुपर्नेछ भने त्यसपछि Portugal मा जन्मिएका minors का लागि रहेको विशेष option चयन गर्नुपर्ने AIMA ले जनाएको छ।
प्रक्रियाका लागि बच्चाको Portuguese birth certificate, residence permit भएको अभिभावकको passport र residence card लगायत आवश्यक documents upload गर्नुपर्नेछ। प्रत्येक बच्चाका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने नियम पनि राखिएको छ।
Portuguese कानूनअनुसार बच्चा जन्मदर्ता भएको मितिले अधिकतम ६ महिनाभित्र आवेदन प्रक्रिया सुरु गरिसक्नुपर्नेछ। आवश्यक document अपूर्ण भएमा वा समयसीमा नाघेमा आवेदन स्वतः reject हुने AIMA ले चेतावनी दिएको छ।
