पोर्चुगलमा Professional Course मार्फत Residence Regularization गर्ने Article 92 सम्बन्धी प्रस्तावले फेरि चर्चा पाएको छ। प्रस्ताव संसदमा पुगेपछि हजारौं आप्रवासी तथा विद्यार्थीहरूको ध्यान अब ११ जुनमा हुने संसदीय प्रक्रियातर्फ केन्द्रित भएको छ।
प्रस्ताव पारित भएमा Professional Course को आधारमा Portugal भित्रैबाट Residence Regularization गर्ने वर्तमान व्यवस्थामा महत्वपूर्ण परिवर्तन आउन सक्ने बताइएको छ। यसले विशेष गरी भविष्यमा यो मार्ग प्रयोग गर्न चाहने विदेशी नागरिकहरूलाई असर गर्न सक्ने अनुमान गरिएको छ।
हालसम्म भने Article 92 आधिकारिक रूपमा बन्द भएको छैन। प्रस्ताव संसदबाट पारित भई आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र अन्तिम निर्णय लागू हुनेछ। त्यसैले अहिले नै Article 92 समाप्त भइसकेको वा तत्काल बन्द भएको निष्कर्ष निकाल्न नमिल्ने अवस्था रहेको छ।
यस विषयमा संसदको आगामी निर्णयलाई Portugal को आप्रवासन नीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। प्रस्तावमाथिको छलफल र संसदीय प्रक्रियापछि मात्र यसको वास्तविक प्रभावबारे स्पष्ट तस्वीर आउने अपेक्षा गरिएको छ।
Source: Assembleia da República
