लिस्बन, पोर्तुगल – अक्टोबर २९, २०२५
पोर्तुगलस्थित नेपाली राजदूतावास, लिस्बनले पोर्तुगलको दक्षिणी शहर फारो (Faro) मा राहदानी (पासपोर्ट) र कागजात प्रमाणीकरण सेवाका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

राजदूतावासका अनुसार यो शिविर २०२५ नोभेम्बर १ र नोभेम्बर २ मा आयोजना हुनेछ।
• नोभेम्बर १ (शनिबार) — दिउँसो १२:०० बजेदेखि साँझ ६:०० बजे सम्म
• नोभेम्बर २ (आइतबार) — बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजे सम्म

शिविर स्थल: R. de Sao Pedro 31, 8000-256, Faro, Portugal
सम्पर्क नम्बर: +351 965 459 362

यो घुम्ती शिविर विशेष गरी Algarve Region का नेपालीहरूलाई राहदानी नवीकरण तथा आवश्यक दूतावासीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो।

उपलब्ध सेवाहरू:
• राहदानी (पासपोर्ट) नवीकरण
• हराएको वा क्षतिग्रस्त राहदानी पुनः आवेदन
• नयाँ राहदानी जारी (बालबालिकाका लागि पनि)
• विवरण सच्याउने वा अद्यावधिक गर्ने सेवा
• प्रहरी र पारिवारिक कागजातहरूको प्रमाणीकरण

आवेदन प्रक्रिया:

इच्छुक सेवाग्राहीले राजदूतावासको वेबसाइटमार्फत Passport Pre-Enrolment – NEPAL प्रणाली प्रयोग गरी फारम भरी अक्टोबर ३१, २०२५ भित्र आवेदन पठाउनु पर्नेछ।
Barcode सहितको फारम प्रिन्ट गरी आवश्यक कागजातका साथ उपस्थित हुनुपर्नेछ।

शुल्क विवरण:
• राहदानी नवीकरण वा नयाँ राहदानी: €120
• हराएको वा क्षतिग्रस्त राहदानीको नयाँ आवेदन: €180
• विवरण सच्याउने राहदानी आवेदन: €120
• १० वर्षमुनिका बालबालिकाको राहदानी: €60
• हराएको बालबालिकाको राहदानी: €90

भुक्तानी विवरण:

भुक्तानी Millennium BCP Bank मार्फत गर्नुपर्नेछ।
• खाताको नाम: Embaixada Nepal
• IBAN: PT5000330000457835819505
भुक्तानी प्रमाणपत्र eonlisbon@gmail.com मा पठाउनुपर्नेछ।

राजदूतावासले जनाएको छ कि सेवाको सहज पहुँच सुनिश्चित गर्न घुम्ती शिविरहरू मागअनुसार अन्य सहरहरूमा पनि आयोजना गरिने छन्।

स्रोत: नेपाली राजदूतावास, लिस्बन
लेखक: MB Export Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *