पोर्चुगलमा हाल तामाङ समुदायसँग सम्बन्धित चार वटा फरक–फरक संस्था सक्रिय रहेका छन्। ती हुन्— Tamang Samaj Portugal, Tamang Ghedung Portugal, Rastriya Tamang Ghedung Portugal र Montijo Tamang Samaj Portugal।

एउटै देश र एउटै समुदायभित्र यति धेरै संस्था हुनु राम्रो हो कि होइन भन्ने विषयमा समुदायभित्र फरक–फरक धारणा देखिन थालेको छ।

कतिपयका अनुसार धेरै संस्था हुनु भनेको नेतृत्व, सहभागिता र गतिविधि बढ्नु हो, जसले समुदायका विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने अवसर दिन्छ।
तर अर्कोतर्फ, एउटै समुदाय विभाजित हुँदा एकताको कमी, कार्यक्रम दोहोरिनु र आवाज कमजोर हुनु सक्ने चिन्ता पनि व्यक्त गरिँदै आएको छ।

समुदायका बुद्धिजीवीहरू भन्छन्

संख्या भन्दा पनि उद्देश्य, पारदर्शिता र सहकार्य महत्वपूर्ण हुन्छ।”

यस विषयमा सबै संस्थाबीच समन्वय, सहकार्य र आप सी सम्मान कायम गर्न सके पोर्चुगलमा रहेको तामाङ समुदाय अझ बलियो बन्न सक्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *