पोर्चुगलमा नक्कली छाप विवादपछि २,००० फाइल रिजेक्टपोर्चुगलमा नक्कली छाप विवादपछि २,००० फाइल रिजेक्ट

पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकका कागजातमा नक्कली छाप प्रयोग भएको विषय सार्वजनिक भएपछि करिब २००० भन्दा बढी नेपाली नागरिकको फाइल अस्वीकृत भएको जानकारी विभिन्न स्रोतहरूबाट बाहिरिएको छ। विशेषगरी प्रहरी चरित्र प्रमाणपत्र लगायतका कागजातमा अनधिकृत छाप प्रयोग भएको पाइएपछि धेरै नेपाली प्रशासनिक जटिलतामा परेका छन्।

उक्त समस्या विशेषगरी मानार्थ (Honorary) वाणिज्य दूतावास बन्द भएको अवधि तथा लिस्बनमा नेपाली दूतावास स्थापना हुनुअघिको समयसँग जोडिएको बताइन्छ। प्रभावित व्यक्तिहरूले कागजात प्रमाणीकरण प्रक्रियामा अन्योल र कठिनाइ भोग्नु परेको बताएका छन्।

यस सन्दर्भमा दूतावास स्तरबाट सम्बन्धित पोर्चुगिज निकायसँग कूटनीतिक समन्वय भइरहेको भन्ने जानकारी सार्वजनिक भइरहेको छ। प्रभावित फाइलहरूको अवस्थाबारे पुनर्विचार गर्न तथा आवश्यक परेमा आधिकारिक कागजात पुनः पेश गर्ने अवसर दिन पहल गरिएको बताइन्छ।

यद्यपि, हालसम्म दूतावासको आधिकारिक वेबसाइटमा यस विषयमा विस्तृत प्रेस विज्ञप्ति वा औपचारिक सूचना सार्वजनिक रूपमा प्रकाशित भएको देखिँदैन।

यस विषयमा पहल भइरहेको भन्ने जानकारी बाहिरिएपछि पोर्चुगलस्थित नेपाली समुदायका केही वृत्तमा दूतावासका कर्मचारी तथा राजदूतको भूमिकाको प्रशंसा भइरहेको देखिएको छ।
तथापि, प्रभावित फाइलहरूको अन्तिम निर्णय भने सम्बन्धित पोर्चुगिज निकायको औपचारिक प्रक्रियामा निर्भर रहने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *