पोर्चुगलको Segurança Social मा मे १२, २०२६ देखि नयाँ login प्रणाली लागू हुने भएको छ। नयाँ व्यवस्थाअनुसार अब परम्परागत username र password मात्र प्रयोग गरेर account access गर्न पर्याप्त नहुन सक्ने देखिएको छ। प्रणालीलाई थप सुरक्षित बनाउनका लागि अतिरिक्त प्रमाणीकरण प्रक्रिया, विशेषगरी दुई-स्तरीय प्रमाणीकरण (2FA), अनिवार्य गरिन सक्ने बताइएको छ।
नयाँ प्रणाली लागू भएपछि प्रयोगकर्ताले login गर्दा mobile मा प्राप्त हुने code, email verification वा अन्य authentication माध्यम प्रयोग गर्नुपर्ने हुन सक्छ। यसले unauthorized access रोक्न र प्रयोगकर्ताको व्यक्तिगत विवरण सुरक्षित राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायले सबै प्रयोगकर्तालाई समयमै आफ्नो account मा प्रवेश गरी आवश्यक security settings अद्यावधिक गर्न र नयाँ verification प्रणाली सक्रिय गर्न आग्रह गरेको छ। अन्यथा, नयाँ प्रणाली लागू भएपछि portal प्रयोगमा कठिनाइ आउन सक्ने सम्भावना रहेको छ।
यसैबीच, नयाँ system लागू गर्न तयारीका क्रममा हिजो Segurança Social को online portal केही समयका लागि बन्द तथा अस्थिर भएको देखिएको थियो, जुन system update वा maintenance सँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ
