पोर्चुगलमा आगामी केही दिन निरन्तर भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। नागरिक सुरक्षा निकायले बाढी र डुबानको गम्भीर जोखिम रहेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदी, खोला तथा तल्लो भू–भाग नजिक बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानबाट आवश्यक सामान तुरुन्त सुरक्षित स्थानमा सार्न र कुनै पनि आपतकालीन अवस्थाका लागि तयार रहन भनिएको छ।
सम्बन्धित निकायको निर्देशन पालना नगरेमा मानवीय र भौतिक क्षतिको सम्भावना बढ्न सक्ने चेतावनी दिइएको छ। नागरिकहरूलाई अफवाहभन्दा टाढा रहँदै आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।
📞 आपतकालीन जानकारी: 800 246 246
🌐 आधिकारिक स्रोत: prociv.gov.pt