Portugal मा प्रशासनिक कामको नाममा ठगी बढ्दोPortugal मा प्रशासनिक कामको नाममा ठगी बढ्दो

पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायबीच सामाजिक सञ्जालमार्फत “सहयोग” को नाममा अत्यधिक रकम असुल्ने गतिविधि बढ्दै गएको गुनासो आएको छ। सामान्य प्रशासनिक प्रक्रियालाई जटिल बनाइ बिचौलियाले आर्थिक फाइदा लिने प्रयास भइरहेको भन्दै समुदायका अगुवाहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्राप्त जानकारी अनुसार, नेपालको Police Report (Online) निकाल्ने, Passport Renewal गर्दा Online Form भरिदिने, Agência para a Integração, Migrações e Asilo (AIMA) सम्बन्धी प्रक्रिया मिलाइदिने जस्ता काममा अत्यधिक शुल्क लिने र विवरण गलत राखिदिने समस्या देखिएको छ। विशेषगरी पासपोर्ट नवीकरणमा नाम, जन्ममिति, ठेगाना वा पुरानो पासपोर्ट नम्बर गलत हाल्दा भविष्यमा कानुनी जटिलता आउने जोखिम रहन्छ।

यसैगरी, 2025 को IRS (Imposto sobre o Rendimento das Pessoas Singulares) फाइल गर्ने सिजन सुरु भएसँगै कर प्रक्रियामा पनि बिचौलियाबाट ठगी हुन सक्ने सम्भावना औंल्याइएको छ। IRS वार्षिक आयकर विवरण बुझाउने प्रक्रिया हो, जसका लागि Autoridade Tributária e Aduaneira (AT) को आधिकारिक पोर्टल प्रयोग गर्न सुझाव दिइएको छ।

पासपोर्ट सम्बन्धी कार्यका लागि Embassy of Nepal, Lisbon सँग प्रत्यक्ष सम्पर्क गर्न उपयुक्त मानिएको छ।

समुदायका प्रतिनिधिहरूले यदि सहयोग लिनैपर्ने अवस्था आएमा सामाजिक सञ्जालका अपरिचित व्यक्तिभन्दा मान्यता प्राप्त कानुनी विज्ञ (lawyer) वा प्रमाणित लेखापाल सँग मात्र सहयोग लिन आग्रह गरेका छन्। साथै, NIF, पासवर्ड र अन्य व्यक्तिगत विवरण जथाभावी नदिन तथा शुल्क तिर्दा अनिवार्य रूपमा प्रमाण लिन पनि अनुरोध गरिएको छ।

नेपाली समुदायलाई सचेत, एकताबद्ध र जिम्मेवार ढंगले आधिकारिक माध्यम प्रयोग गर्न आह्वान गरिएको छ, ताकि सामान्य प्रशासनिक कामको नाममा हुने सम्भावित ठगी न्यूनीकरण गर्न सकियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *