AIMA को चेतावनीAIMA को चेतावनी

पोर्चुगलको AIMA Agência para a Integração, Migrações e Asilo ले कागजात अपलोड सम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। संस्थाका अनुसार हाल धेरै आवेदनहरू सानो गल्तीका कारण अस्वीकृत भइरहेको छन्। विशेषगरी फाइल नाम गलत राख्दा प्रणालीले कागजात नचिन्ने समस्या बढ्दै गएको बताइएको छ, जसका कारण आवेदन प्रक्रिया ढिलो हुने वा फाइल reject हुने अवस्था देखिएको छ।

AIMA का अनुसार कागजात अपलोड गर्दा फाइल नाम सधैं छोटो, स्पष्ट र सरल राख्नुपर्नेछ। साथै कुनै पनि विशेष चिन्ह वा अनावश्यक अक्षर प्रयोग नगर्न विशेष आग्रह गरिएको छ। यस्ता चिन्हहरूले प्रणालीमा समस्या ल्याउन सक्ने भएकाले सामान्य र बुझिने नाम प्रयोग गर्न सिफारिस गरिएको हो।

उदाहरणका रूपमा पासपोर्ट सम्बन्धी कागजातका लागि “passport.pdf” र residência कार्ड सम्बन्धी कागजातका लागि “CartaoResidencia.pdf” जस्ता सरल र स्पष्ट फाइल नाम प्रयोग गर्न सुझाव दिइएको छ। यसरी नाम राख्दा प्रणालीले कागजात सजिलै चिन्न सक्ने र प्रक्रिया सहज हुने जनाइएको छ।

यसैगरी, कागजात अपलोड गर्दा समस्या आएमा फरक browser प्रयोग गरेर पुनः प्रयास गर्न पनि सल्लाह दिइएको छ। सानो गल्तीले पनि आवेदन प्रक्रिया ढिलो हुन सक्ने भएकाले कागजात अपलोड गर्नु अघि फाइल नाम पुनः जाँच गर्न सबैलाई अनुरोध गरिएको छ।

यो सूचना विशेषगरी पोर्चुगलमा बसोबास गर्ने आप्रवासीहरूका लागि महत्वपूर्ण मानिएको छ, किनकि AIMA को डिजिटल प्रणालीमार्फत हुने आवेदन, नवीकरण तथा अन्य प्रक्रियामा सानो गल्तीले पनि समस्या निम्त्याउने गरेको छ। संस्थाले सबैलाई guideline पालना गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Source: AIMA Agência para a Integração, Migrações e Asilo (Official Facebook Page)

Leave a Reply

Your email address will not be published. Required fields are marked *