नेपालमा पोर्चुगलको स्थायी दूतावास स्थापना गर्न माग गर्दै एउटा petition दर्ता गरिएको छ। उक्त petition पोर्चुगलको संसद Assembleia da República को आधिकारिक नागरिक सहभागिता प्लेटफर्म participacao.parlamento.pt मा राखिएको हो। petition मा पोर्चुगलमा करिब ५० हजार नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै, हाल भिसा तथा कागजातसम्बन्धी सेवाका लागि New Delhi स्थित दूतावासमा निर्भर रहनु परेको बताइएको छ, जसका कारण प्रक्रिया ढिलो, खर्चिलो र जटिल हुने गरेको गुनासो गरिएको छ। नेपालमै स्थायी दूतावास स्थापना गरिएमा नेपाली नागरिकलाई सेवा सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, यो प्रस्ताव हालसम्म स्वीकृत भइसकेको छैन र यो केवल petition मात्र भएकाले आवश्यक समर्थन संकलन भएपछि मात्र संसदमा छलफल हुने सम्भावना रहेको छ। यसैबीच, इच्छुक व्यक्तिहरूले उक्त petition मा सहभागी भई समर्थन जनाउन सक्नेछन्, जसका लागि participacao.parlamento.pt मा गएर “Assinar” वा “Subscrever” विकल्पमा क्लिक गरी आफ्नो नाम, इमेल र जन्म मिति विवरण भरी submit गर्नुपर्छ, साथै इमेलमा प्राप्त confirmation link क्लिक गरेपछि मात्र हस्ताक्षर मान्य हुन्छ। स्रोत: participacao.parlamento.pt (Assembleia da República)
नेपालमा पोर्चुगलको स्थायी दूतावास स्थापना गर्न माग