पोर्चुगलको आप्रवासन एजेन्सी Agência para a Integração, Migrações e Asilo (AIMA) ले करिब २० हजार रेसिडेन्स कार्ड वितरण प्रक्रिया सुरु गरेको जनाएको छ।
समाचार पोर्टल DN Brasil का अनुसार, २०२५ का अन्तिम महिनाहरूमा नवीकरण (renew) गरिएका रेसिडेन्स कार्डहरू अप्रिलको दोस्रो सातासम्म क्रमशः पठाइने बताइएको छ।
रिपोर्ट अनुसार, ती कार्डहरू छपाइका लागि Casa da Moeda मा पठाइएको छ र वितरण प्रक्रिया तीव्र पारिएको छ। धेरैजसो नवीकरण प्रमाणपत्रहरू १५ अप्रिलमा सकिने भएकाले कार्ड छिटो पठाउने तयारी गरिएको बताइएको छ।
यदि हुलाकमार्फत पठाउँदा कार्ड फर्किएको अवस्थामा, सम्बन्धित व्यक्तिले कार्ड AIMA Loja de Anjos बाट लिन सक्नेछन्। आप्रवासीहरूलाई सहज बनाउने उद्देश्यले उक्त कार्यालय शनिबार पनि खुला रहने जानकारी दिइएको छ।
त्यसैगरी, यदि कसैको आवेदन अस्वीकृत (rejected) भएको छ भने सम्बन्धित व्यक्तिलाई AIMA ले औपचारिक सूचना पठाउने बताइएको छ।
Source: DN Brasil
