पोर्चुगलमा आप्रवासीहरूका लागि महत्वपूर्ण अपडेट आएको छ। Agency for Integration, Migrations and Asylum (AIMA) ले स्पष्ट गरेको छ कि यदि कुनै व्यक्तिको residence document (जस्तै visa वा residence card) expire भइसकेको छ भने पनि, उनी “illegal” मानिने छैनन्—तर शर्त के हो भने उनीसँग Portuguese authorities सँग ongoing legal process हुनुपर्छ।
यो process AIMA मा दर्ता भएको application, renewal process, appeal, वा court case जस्ता हुन सक्छ। धेरै आप्रवासीहरू लामो समयदेखि appointment नपाएर वा backlog का कारण document expire भएर पनि अनिश्चित अवस्थामा थिए। यो नयाँ स्पष्टिकरणले त्यस्ता व्यक्तिहरूलाई तत्काल राहत दिएको छ।
यसको अर्थ के हो भने, केवल document expire भएकै आधारमा अब तुरुन्तै कारबाही, fine, वा deportation को जोखिम हुँदैन, यदि तपाईंको case आधिकारिक रूपमा चलिरहेको छ भने। यसले हजारौं आप्रवासीलाई legal protection दिएको मानिन्छ।
तर ध्यान दिनुपर्ने कुरा के हो भने, यदि कुनै process नै सुरु गरिएको छैन भने यो नियम लागू हुँदैन। त्यसैले सबैलाई आफ्नो case दर्ता गरेर legal process मा राख्नु अत्यन्त आवश्यक छ।
सारमा, यो निर्णय short-term राहतको रूपमा आएको हो, जसले अहिलेको backlog समस्या बीच आप्रवासीलाई सुरक्षा दिएको छ, तर long-term समाधान भने आफ्नो residence process पूरा गर्नु नै हो।
