AIMA को appointment मा कडा नियमAIMA को appointment मा कडा नियम

पोर्चुगलको आप्रवासन निकाय AIMA ले face-to-face appointment (agendamento) सम्बन्धी महत्वपूर्ण र कडा सूचना जारी गरेको छ। संस्थाले स्पष्ट पारेअनुसार यस्तो appointment पूर्ण रूपमा निःशुल्क हुने र कुनै पनि शुल्क तिर्नु नपर्ने बताइएको छ। साथै appointment request केवल आधिकारिक माध्यमबाट मात्र गर्न सकिनेछ र कुनै पनि अनौपचारिक तरिका स्वीकार्य नहुने उल्लेख गरिएको छ।

AIMA का अनुसार appointment तीन माध्यमबाट मात्र request गर्न मिल्नेछ—पोर्चुगिज सरकारी निकाय, स्वयं आवेदक, वा कानुनी रूपमा अधिकार प्राप्त प्रतिनिधिमार्फत। भिसा जारी गर्ने क्रममा Ministry of Foreign Affairs मार्फत appointment तय हुन सक्नेछ भने, आवेदक वा प्रतिनिधिले AIMA को आधिकारिक contact form वा इमेलमार्फत पनि request गर्न सक्नेछन्।

यसका साथै AIMA ले आफ्नो आधिकारिक portal हरूमार्फत चलिरहेका वा पेश भइसकेका प्रक्रियाहरूमा automatic appointment पनि सेट हुन सक्ने जनाएको छ। यस्तो अवस्थामा appointment को confirmation अनिवार्य रूपमा AIMA कै आधिकारिक च्यानलबाट इमेलमार्फत पठाइनेछ।

संस्थाले विशेष रूपमा फोनमार्फत Contact Center बाट appointment नबनाइने स्पष्ट पारेको छ। AIMA ले अनौपचारिक माध्यम, बिचौलिया वा पैसा लिएर appointment बनाइदिने गतिविधिबाट टाढा रहन आग्रह गर्दै यस्तो कार्यमा गलत सूचना, ठगी (scam) तथा दुरुपयोगको जोखिम रहने चेतावनी दिएको छ। संस्थाले सबैलाई केवल आधिकारिक माध्यम प्रयोग गर्न र कुनै पनि संदिग्ध गतिविधि देखिएमा सावधानी अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *