सार्वजनिक यातायात निःशुल्क बनाउने योजनासार्वजनिक यातायात निःशुल्क बनाउने योजना

पोर्चुगलको Porto शहरमा बसोबास गर्ने residents हरूका लागि सार्वजनिक यातायात निःशुल्क बनाइने भएको छ। स्थानीय प्रशासनले आगामी वर्षदेखि लागू गर्ने तयारी गरेको यस योजनाअनुसार Porto मा बस्ने नागरिकहरूले बस, मेट्रो तथा अन्य सार्वजनिक यातायात सेवा बिना शुल्क प्रयोग गर्न पाउनेछन्।

यो निर्णय नागरिकहरूको दैनिक खर्च घटाउने, सार्वजनिक यातायातको प्रयोग बढाउने तथा शहरको ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले ल्याइएको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार निजी सवारी साधनको प्रयोग घटाएर सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने दीर्घकालीन योजना अन्तर्गत यो कदम अघि बढाइएको हो।

हाल Porto मा सार्वजनिक यातायात प्रयोग गर्न मासिक पास आवश्यक पर्ने व्यवस्था रहेको भए पनि नयाँ योजना लागू भएपछि resident हरूलाई निःशुल्क पहुँच उपलब्ध गराइनेछ। यद्यपि यो सुविधा Porto शहरमा आधिकारिक रूपमा बसोबास गर्ने व्यक्तिहरूका लागि मात्र लागू हुने बताइएको छ। त्यसका लागि ठेगाना दर्ता वा अन्य residence प्रमाण आवश्यक पर्न सक्ने जनाइएको छ।

यस योजनाले विशेषगरी विद्यार्थी, कामदार तथा कम आम्दानी भएका परिवारहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै सार्वजनिक यातायातको प्रयोग बढेसँगै शहरको यातायात व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Source: Lusa / RTP

Leave a Reply

Your email address will not be published. Required fields are marked *