जुलाई र अगस्ट २०२६ मा कार्ड expire हुनेहरूको लागि AIMA renewal portal खुल्योजुलाई र अगस्ट २०२६ मा कार्ड expire हुनेहरूको लागि AIMA renewal portal खुल्यो

पोर्चुगलको आप्रवासन निकाय AIMA ले जुलाई र अगस्ट २०२६ मा समाप्त हुने बसोबास अनुमति पत्र (Residence Permit) को renewal प्रक्रिया खुला गरेको जनाएको छ।

AIMA द्वारा सार्वजनिक गरिएको जानकारी अनुसार “Portal de Renovações” अहिले उपलब्ध भइसकेको छ र सम्बन्धित व्यक्तिहरूले अब अनलाइनमार्फत आफ्नो residence permit नवीकरण गर्न सक्नेछन्।

जुलाई र अगस्ट २०२६ मा कार्ड expire हुने व्यक्तिहरूलाई portal मा गएर renewal प्रक्रिया सुरु गर्न आग्रह गरिएको छ। पछिल्ला महिनाहरूमा जस्तै यसपटक पनि expiry date भन्दा केही महिना अगावै portal खोलिएको हो, जसले document expire भएर समस्या हुने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ।

Renewal प्रक्रिया गर्न portal मा login गरेर आवश्यक विवरण verify गर्नुपर्छ। त्यसपछि system ले payment reference दिनेछ र शुल्क तिरेपछि renewal request submit गर्न सकिनेछ। प्रक्रिया पूरा भएपछि AIMA ले नयाँ residence card जारी गर्नेछ।

यसअघि AIMA ले मे र जुन २०२६ मा expire हुने कार्डहरूको renewal पनि खुला गरेको थियो। अहिले भने जुलाई र अगस्टसम्मको renewal उपलब्ध गराइएको हो। आगामी महिनाहरूका लागि पनि portal क्रमशः खुल्दै जाने अपेक्षा गरिएको छ।

Source: AIMA Official Website & Gov.pt

Leave a Reply

Your email address will not be published. Required fields are marked *