चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको छ। 

मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबमाथि १-० गोलको जित निकाल्दै चर्च ब्वाइज अन्ति चारमा पुगेको हो।

चर्च ब्वाइजको जितमा समिर तामाङले निर्णायक गोल गरे। उनले दोस्रो हाफमा गोल गरेका थिए। 

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। यसअघि थ्रीस्टार, जावलाखेल र त्रिभुवन आर्मीले अन्तिम चारमा स्थान बनाएका थिए।

अब आर्मीले चर्च ब्वाइज तथा थ्रीस्टारले जावलाखेलसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *