पोर्चुगल – नेपाली समुदायबीच उत्साह थप्ने उद्देश्यले पोर्चुगलको लिस्बनस्थित Vittoria Clube Olais मा १४ जुन २०२६ मा ‘२औं दमौली गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
यस प्रतियोगितामा २० वटा टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमहरूको लागि इन्ट्री शुल्क ५०० यूरो तोकिएको छ।
प्रतियोगिताका विजेता टिमलाई प्रदान गरिने पुरस्कारहरू निम्नानुसार छन्:
• 🥇 प्रथम पुरस्कार: ५००० यूरो, ट्रफी, मेडल र प्रमाणपत्र
• 🥈 दोस्रो पुरस्कार: २५०० यूरो, ट्रफी, मेडल र प्रमाणपत्र
त्यस्तै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ:
• ⭐ Best Player
• 🎯 Best Striker
• 🧤 Best Goalkeeper
• 🛡️ Best Defender
• 🎖️ High Scorer
यी प्रत्येक विधाका विजेताहरूले ५० यूरो र आकर्षक ट्रफी प्राप्त गर्नेछन्।
नेपाली खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुने यो प्रतियोगिता पोर्चुगलस्थित नेपाली समुदायका लागि मनोरञ्जन र एकता प्रकट गर्ने सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ।