मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण अर्थात मिस तामाङ २०२४ को ग्राण्ड फिनाली भव्यताको साथ सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालीबाट मिस तामाङ २०२४ का विजेता रिया लामा बनेकि हुन ।

तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १६ औं संस्करण मिस तामाङ-२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष तामाङ चलचित्रका चर्चित नायीका रन्जिता ब्लोन रहेका छन् । ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको छ।

२६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालिमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्न विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए । ति सबै चरणहरु पार गर्दै अन्तःत कन्टेस्टेण्ड नम्बर १३ कि रिया लामा बनिन मिस तामाङ २०२४ को विजेता ।सांझपख विजेता घोषणा भएको रियालाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन् । प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् ।

मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, मिस मंगोलियन वर्ल्ड २०२९ प्रिया रानि लामा, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए । प्रतिस्पर्धीलाई विभिन्न खालका प्रश्न गरेका निर्णायकहरुबाट केही प्रश्न बाहेक खासै प्रभावकारी प्रश्न थिएन । तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको उक्त प्रतिस्पर्धीलाई कार्यक्रमको नारा वा मूल उदेश्य संग सम्बन्धित प्रश्न एक जना निर्णायकले पनि सोधेनन् । यसर्थ त्यसतर्फ कसैको ध्यान नगएको देखिन्छ भने दर्शक दिर्घबाट तामाङ भाषामा प्रश्न गर्न भनेर कराए पनि नायक कुमार मोक्तानले बाहेक अन्य निर्णायकहरुले तामाङ भाषा बोल्ने र प्रश्न गर्ने हिम्मत गरेनन् । झनै प्रतिश्पर्धीहरुबाट त तामाङ भाषाबाट जवाफको आशा गर्ने कुरै भएन । यद्यपि प्रतिस्पर्धीहरुले पहिलो चरणमा आफ्ना उदेश्य, रुचि सहित परिचय दिने बेलामा भने तामाङ भाषा नै बोलेका थिए ।

शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालीबाट विजेता बनेकी रिया लामाले नगद रु. १ लाख, उप विजेता स्मृति योन्जनले ५० हजार, सेकेन्ड रनर अफ अमृता लामा तामाङले रु. ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र अन्य गिफ्ट ह्याम्पर पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *