तेह्रथुम जिल्ला,फेडाप-५ इशिबु निवासी स्व.बाबा लोक बहादुर थापा का छोरा बर्ष ३४ का बुद्धि बहादुर थापा बिगत ५ महिना देखि पोर्तुगलको फारोमा बस्दै आउनु भएको र यहि २१ फेब्रुअरीका दिन बेलुका करिब ८:३० बजे तिर कामको खोजी गरि दुई जना इलेक्ट्रीक साइकल मार्फत आफ्नो डेरामा फर्किरहेको बेला पछिबाट तेज गतिमा आइरहेको गाडिले एक्कासी ठक्कर दिई गम्भीर घाइते बनाएर गाडी भागेको, र अहिलेसम्म गाडिको पहिचान हुन नसकेको जानकारि प्राप्त भएको छ ।

घाइते बुद्धि बहादुरको हाल फारो अस्पतालमा इमर्जेन्सी कक्षमा उपचार भैरहेको छ।

कम्मर देखि तलको भाग नचल्ने अबस्थामा रहेको र निजको घरको अबस्था अत्यन्त कमजोर रहेकाले बुद्धि थापाले सहयोगको लागि अपिल गर्नुभएको हो।

सहयोगको लागि बिरामीको भिनाजु देविन्द्र भट्टराई लाई सम्पर्क गर्नु होला +351 920 583 456 PT50 0033 0000 45565307972 05

Leave a Reply

Your email address will not be published. Required fields are marked *