यू-१९ विश्वकपः सुपर सिक्समा आज बंगलादेशसँग खेल्दै नेपालEAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।

नेपालले आज खेल्ने खेल सुपर सिक्सको पहिलो खेल हो। खेल दक्षिण अफ्रिकाको मंगउङ ओभलमा दिउँसो पौने २ बजेदेखि सुरू हुनेछ।

समूह चरणका तीन खेलमा  १ खेल जितेर समूहको तेस्रो स्थान कायम गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो।

बंगलादेश समूह ‘ए’को उपविजेता हो। उसले समूह चरणमा अमेरिका र आयरल्याण्डलाई पराजित गरेको थियो।

यू-१९ विश्वकपमा नेपाल र बंगलादेश दुइपटक आमनेसामने भएका छन्। सन् २००२ मा नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो भने २०१६ को क्वार्टरफाइनल खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

यू-१९ विश्वकप : सुपर-६ मा नेपालले किन दुई खेल मात्र खेल्दैछ?

आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपालले समूहको अन्तिम खेलमा अफगानिस्तानविरूद्ध १ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो।

अफगानिस्तानविरूद्धको जितसँगै नेपाल प्रतियोगिताको सुपर-६ मा पुग्यो। अब सुपर-६ मा नेपालले समूह-१ मा प्रतिस्पर्धा गर्नेछ।

आइसिसीले यसपटकदेखि यू-१९ विश्वकपमा सुपर-६ को नियम ल्याएको हो। जसअनुसार चार समूहका शीर्ष तीन टिमले सुपर-६ मा स्थान बनाउनेछन्। नाम सुपर-६ भए पनि १२ टिमले दुई समूहमा प्रतिस्पर्धा गर्नेछन्। 

सुपर-६ को समूह-१ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछन। पाकिस्तान, न्युजिल्यान्ड र नेपाल समूह ‘डी’ बाट तथा भारत, बंगलादेश र आयरल्यान्ड समूह ‘ए’ बाट सुपर-६ मा  पुगेका हुन्। 

सुपर-६ को समूह-२ मा समूह ‘बी’ र ‘सी’ का शीर्ष तीन तीन टिमहरु अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे पुगेका छन्।

अब सुपर-६ मा प्रत्येक टिमले दुई दुई मात्र खेल खेल्नेछन्। समूह चरणमा प्रतिस्पर्धा गरेका टिमसँग सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। जसअनुसार अब नेपालले सुपर-६ को समूह-१ मा रहेका पाकिस्तान र न्युजिल्यान्डसँग खेल्नेछैन। यस्तै अर्को समूहबाट आएका दुई टिमसँग मात्र खेल्न पाउने प्रावधानअनुसार नेपालले सुपर-६ मा भारत र बंगलादेशसँग खेल्ने लागेको हो। अरु टिमले पनि दुई दुई खेल मात्र खेल्नेछन्। 

आफूले पराजित गरेको टिम सुपर-६ मा पुगेको अवस्थामा स्वत: अंक जोडिनेछ। त्यसैले पाकिस्तानको सुपर-६ मा ४ अंक भइसकेको छ। किनभने समूहमा उसले हराएका न्युजिल्यान्ड र नेपाल सुपर-६ मा पुगेका छन्। नेपालको भने सुपर-६ मा अंक छैन। किनभने नेपालले समूहमा प्रतिस्पर्धा गरेका पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेको थियो। 
सुपर-६ मा सबै टिमले दुई दुई खेल खेलेपछि शीर्ष दुईमा पर्ने टिमहरु सेमिफाइनलमा पुग्नेछन्। 

नेपाल टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

Leave a Reply

Your email address will not be published. Required fields are marked *