पोर्चुगलमा रहेका धेरै नेपालीको साझा बुझाइ एउटै छ— नेपाली दूतावासले police report मा stamp लगाउने, passport renewal जस्ता सेवाशुल्क लाग्ने काम भने सजिलै र नियमित रूपमा गरिरहेको छ, तर यही दूतावासले गर्नुपर्ने कूटनीतिक वार्ता र संस्थागत संवाद भने प्रभावकारी रूपमा नगरेको अनुभूति समुदायमा गहिरिँदै गएको छ।
सामान्य नागरिकको दृष्टिले हेर्दा, कागजात प्रमाणिकरण र पासपोर्टसम्बन्धी काममा प्रक्रिया स्पष्ट छ र काम समयमै हुन्छ। तर पोर्चुगलमा बसाइँ कानुनी बनाउने, residence process अगाडि बढाउने, वा नेपाली समुदायका विषयमा सम्बन्धित Portuguese निकायसँग औपचारिक संवाद र पहल हुनुपर्ने ठाउँमा दूतावासको उपस्थिति कमजोर देखिएको नेपालीहरूको भनाइ छ।
यही कूटनीतिक संवादको कमी का कारण धेरै नेपालीको paper process ढिलो भइरहेको, appointment र प्रक्रिया स्पष्ट नहुँदा अन्योल बढिरहेको, र समुदाय अनिश्चिततामा बस्न बाध्य भएको उनीहरूको अनुभूति छ। “काम गरिदिनु” भन्दा पनि सरकारी तहमा कुरा राखिदिनु, समस्या संस्थागत रूपमा उठाइदिनु दूतावासको भूमिका हो भन्ने अपेक्षा नेपाली समुदायको छ।
यहाँ स्पष्ट गर्नुपर्ने कुरा के हो भने— नेपालीहरूले दूतावासबाट नियमविपरीत काम गरिदिन माग गरेका छैनन्। उनीहरूको अपेक्षा कूटनीतिक तहमा संवाद, स्पष्ट पहल र जिम्मेवार प्रतिनिधित्व मात्र हो। यही भूमिका कमजोर देखिँदा, यसको प्रत्यक्ष असर पोर्चुगलमा बसोबास गरिरहेका नेपालीको कानुनी प्रक्रियामा परेको समुदायको बुझाइ छ।
यो समाचार कुनै आरोप वा व्यक्तिगत आक्रोश होइन। दूतावासले सेवा शुल्क लाग्ने काम मात्र होइन, नाफा नआउने तर नागरिकको भविष्यसँग जोडिएका कूटनीतिक जिम्मेवारी पनि उत्तिकै गम्भीरतापूर्वक निर्वाह गरोस् भन्ने अपेक्षा सार्वजनिक रूपमा राखिएको हो।